Section 19
कर्मचारी सम्बन्धी व्यवस्था
(१) प्राधिकरणको काम सुचारु रुपले सञ्चालन गर्न प्राधिकरणले आवश्यक सङ्ख्यामा कर्मचारी नियुक्त गर्नेछ।

(२) प्राधिकरणका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवाको शर्त, सुविधा तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

(३) यस दफा बमोजिम प्राधिकरणको कर्मचारी दरबन्दी र पारिश्रमिक तथा सुविधा थप गर्नु पर्दा मन्त्रालयको स्वीकृती लिनु पर्नेछ।